Home / Feature Breaking news / बबई नदिको सरसफाईमा अधिकारकर्मी कृष्ण पहाडी

बबई नदिको सरसफाईमा अधिकारकर्मी कृष्ण पहाडी

दाङ,२६ मंसिर । अधिकारकर्मीहरुले दाङको बबर्ई नदि सरसफाई गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको मंसिर २७ र २८ गते हुन लागेको २२ औ राष्ट्रिय परिषद् बैठकमा सहभागि हुन दाङको तुलसीपुरमा आएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायतले बबई नदिको सरसफाई गरेका हुन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ र १२ को सिमनामा पर्ने बबई नदि किनारामा यत्रतत्र रहेको फोहर संकलन गरीएको शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले जानकारी दिएका छन । सरसफाई कार्यक्रममा शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी, बरिष्ठ उपसभापति गोबिन्द खनाल, महासचिब सुशील बस्नेत, कवि अर्जुन पराजुली, सामाजिक अभियान्ता लोकेश ढकाललगायतका अतिथिहरु सहभागी भएका थिए ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका–१२ रझेनामा रहेको केशवराज झुपाकुमारी बृद्ध आश्रम परिसरमा बृक्षरोपन गरिएको थियो । शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले रुद्धराक्षको बिरुवा रोपेर बृक्षरोपण कार्यक्रम सुभारम्भ गरेका थिए ।

कार्यक्रममा शान्ति समाजका संस्थापक सभापति पहाडीले घरघरमा बिरुवा रोपेर वातावरण अनुकुलन समाज बनाउनुपर्ने सुझाब दिनुभयो । सो कार्यक्रममा शान्ति समाज केन्द्रीय कार्यसमितिका सभापति उत्तम पुडासैनी,बरिष्ठ उपसभापति गोबिन्द खनालले सम्बोधन गर्नुभएको थियो । २२ औ राष्ट्रिय परिषद् बैठक मुल तयारी समिति अन्तर्गत बृक्षारोपण उपसमितिका संयोजक नवीनकुमार पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा बृद्ध सेवा समिति जेष्ठ नागरिक समाज केन्द्र अन्तर्गतको उक्त बृद्धआश्रममा बस्दै आउनुभएका दुई जनालाई च्यामन परास, हर्लिकस, लगायतका उपभोग्य बस्तु हस्तान्तण गरीएको थियाृे ।

कार्यक्रममा बृद्ध सेवा समितिका पदाधिकारी तथा सदस्यहरु,तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य अमर नेपाली माईकल,शान्ति समाज दाङका पदाधिकारी तथा सदस्यहरु,पत्रकार लगायतको सहभागिता थियो । कार्यक्रममा धन्यबाद ज्ञापन मुलतयारी समितिका संयोजक शरद रेग्मीले गर्नुभएको थियो ।

यसअघि शान्ति समाजले मानव अधिकार र लागू औषध÷मदिरा दुब्र्यसन बिरुद्ध बिद्यालय अभियान सञ्चालन गरेको छ । मंसीर २३, २४ र २५ गते बिभिन्न बिद्यालयमा लागू औषध÷मदिरा दुब्र्यसन बिरुद्ध १० वटा बिभिन्न स्कुलमा अन्तरक्रिया गरेको हो ।

दाङका मा.वि.बालापुर, जनप्रिय बोर्डिङ स्कुल, शान्तिदिप बोर्डिङ स्कुल, हिमाल एकेडेमी कलेज, डिभाइन टेम्पल एकेडेमी, लिटल हेभेन एकेडेमी बोर्डिङ स्कुल, गोरखा बोर्डिङ स्कुल, पब्लिक ज्ञानज्योति कलेज, राप्ति बबई बहुमुखी क्याम्पस र महेन्द्र मा.वि मा मंसिर २३, २४ र २५ मा सम्पन्न अन्तरक्र्रिया कार्यक्रममा शान्ति समाजका महासचिव सुशिल बस्नेत, मूल तयारी समितिका संयोजक शरद रेग्मी, पूर्व सभापतिहरु डील्लीराज धिताल, मोहन धिताल, निर्मल नेपाली र सदस्यहरु नीर्मला डाँगी, नवीन पोख्रेल, कमल डाँगी लगायतका अधिकारकर्मीहरुले लागू औषधरमदिरा दुव्र्यसन रोकथामका लागी समुदाय केन्द्रित विद्यालय केन्द्रित भूमिका र अभिभावकिय भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

स्मरणीय छ शान्ति समाजले लागू औषधरमदिरा दुव्र्यसन विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ । शान्ति समाजले आज बिहीबार रक्तदान कार्यक्रम अपरान्ह् ३ बजे गर्दैछ भने ४ बजे पत्रकार सम्मेलनको आयोजना गरीने छ ।

भोली शुक्रबार बिहान ८ बजे तुलसीपुर बजारमा सरसफाई कार्यक्रम गरीदैछ । दिँउसो १ बजे शान्ति ¥यालीको आयोजना गरीने छ । पौने २ बजे राष्ट्रिय परिषद् बैठकको उद्घाटन गरीने छ । उद्घाटन कार्यक्रममा भाग लिन शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी लगायत बिभिन्न तहमा रहेका राजनीतिक दलका नेता तथा शान्ति समाजका केन्द्रीय तहका पदाधिकारी तथा सदस्यहरु दाङको तुलसीपुरमा आई पुग्नुभएको छ । २८ गते सम्म सञ्चालन हुने शान्ति समाजको राष्ट्रिय परिषद् बैठकमा ३ सय बढी बिभिन्न जिल्लाका प्रतिनिधि तथा परिवेक्षकहरुको सभागिता हुने छ । ९ वटा बिभिन्न प्रस्ताव माथि छलफल हुने छ । भोली शुक्रबार बेलुकी ७ बजेपछि शान्ति काब्य प्रवचन हुने केन्द्रीय महासचिव सुशील बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*