Home / Feature Breaking news / लौव अग्रासन १२ औँ बर्षमा प्रवेश

लौव अग्रासन १२ औँ बर्षमा प्रवेश

घोराही, २६ मंसिर । दाङको घोराहीबाट थारु भाषामा प्रकाशन हुदै आएको लौव अग्रासन साप्ताहिकले ११ औँ बार्षिकोत्सब मनाएको छ । घोराहीमा औपचारिक कार्यक्रमको आयोजना गरेर पत्रिकाले बार्षिकोत्सब मनाएको हो ।

पत्रिकाका प्रधान सम्पादक केबी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सिता सिग्देल न्यौपानेले थारु भाषाको बिकासका लागि पहिलो बर्ष नै कामकाजी भाषा गराउने निर्णय गरेको बताएकी थिइन ।

थारु भाषाको बिकासका लागि निर्णय गरेको भए पनि थारु समुदायबाट नै कुनै निबेदन दर्ता नभएको बताएकी थिइन । भाषा संरक्षणका लागि स्वयम भाषाका बिज्ञको भूमिका बढी हुने भए पनि चासो नहुदा समस्या भएको बताएकी थिइन । पछिल्ला दिनहरुमा थारु भाषाको केही मात्रामा प्रयोग हुन थालेको भन्दै प्रमुख न्यौपानले भाषासंग सम्बन्धित समुदायले भाषा प्रयोगमा ध्यान दिनुपर्ने बताएकी हुन ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले थारु भाषा दाङमा दोस्रो भाषाका रुपमा बोले पनि सरकारी कार्यालयमा प्रयोग हुन नसकेको बताएका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य देबराज बिश्वकर्मा, नेपाल पत्रकार महासंघका सल्लाहकार सुदिप गौतम, राप्ती पोष्ट दैनिकका प्रकाशक सम्पादक शरद अधिकारी, प्रेस संगठनका संयोजक प्रकाश चौधरीले बोलेका थिए ।

पत्रिकाका समाचारदाता सबि थारुको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सम्पादक सन्तोष दहितले गरेका थिए । कार्यक्रममा नियमित रुपमा लेख लैख्दै आएका लेखक हिमलाल चौधरीलाई सम्मान र विरामी पत्रकार महेश रिजाललाई नगद पाँच हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*