Home / Feature Breaking news / नवलपुर कपको सेमिफाइनलमा चार टिमहरु प्रवेश

नवलपुर कपको सेमिफाइनलमा चार टिमहरु प्रवेश

दाङ,२४ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १८ को नवलपुर फुटबल मैदानमा चलिरहेको केशर सिह श्रेष्ठ स्मृति आमन्त्रण फुटबल प्रतियोगिता नवलपुर कप २०७६ को सेमिफाइनलमा चार वटा टिमहरु प्रवेश गरेका छन ।

लिग चरणका खेलहरुबाट प्रतिष्प्रर्धा गरेका १२ टिमहरु मध्य ४ वटा टिम सेमिफाइनलमा प्रवेश गरेका छन । जसमा समूह (क) बाट बिजेता बनेर घोराहीको युएनबिसी र उपबिजेता बनेर एस.एस.एफ.ए तुलसीपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश पुगेका हुन । त्यस्तै समूह (ख) बाट बिजेता बनेर घोराहीको राप्ती क्लव र उपबिजेता बनेर घोराहीकै फुर्सेखाली युवा क्लव सेमिफाइनलमा प्रवेश गरेका छन ।

प्रतियोगिताका सेमिफाइनल खेलहरु मंसिर २६ गते हुने भएका छन । जसमा पहिलो खेल समूह (क)को बिजेता युएनबिसी र समूह (ख)को उपबिजेता फुर्सेखाली युवा क्लवका विचमा हुने भएको छ । त्यस्तै दोश्रो खेल समूह (ख)को बिजेता राप्ती क्लव र समूह (क)को उपबिजेता एसएसएफएका बिच हुने भएको आयोजक नवलपुर फुटबल एकेडेमीले जानकारी दिएको छ ।

जस अन्तर्गत पहिलो खेल २६ गते विहिवार विहान ८ बजे र दोश्रो खेल दिउसो २ बजेदेखि हुने भएको छ । प्रतियोगितामा १२ वटा फुटबल क्लवहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*