Home / Feature Breaking news / पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

काठमाडौँ,२४ मंसिर । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो ।

मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।

खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २–१ को जितसँगै स्वर्ण जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*