Home / Feature Breaking news / प्लाष्टिक किन्दै घोराही उपमहानगरपालिका

प्लाष्टिक किन्दै घोराही उपमहानगरपालिका

लिलाधर वली

दाङ,२३ मंसिर । घोराही बजारलाई बातावरणीय रुपमा प्रदुर्शन हुनबाट रोक्ने उद्देश्यले उपमहानगरपालिकाले प्लाष्टिक खरिद गर्ने भएको छ । जथाभावी रुपमा फोहर फाल्दा सहरमा प्रदुर्शन बढ्ने र ल्याण्डफिल साइड समेत भरिने भएकाले घोराही उपमहानगरपालिकाले नगल्ने फोहरका रुपमा रहेका प्लाष्टिक जन्य बस्तुहरु खरिद गरेर विक्रि गर्ने तयारी गरेको छ ।

पुन प्रयोग गर्न सकिने प्लाष्टिक झोला, विभिन्न खाद्यय बस्तुका खोल लगायतका प्लाष्टिक जन्य बस्तुहरु खरिद गर्नका लागि उपमहानगरपालिकाले यो आर्थिक बर्ष सात लाख रुपैयाँ छुट्याएको छ । सोही रकमबाट उपमहानगरपालिकाले पहिलो पटक घोराही उपमहानगरपालिकाको सहरी क्षेत्र वडा नं. १४ र १५ नम्वर वडासँगै शहरी क्षेत्रका रुपमा विकास हुदै गरेका वडा नं. १०, १३, १६, १७ लगायतका वडाहरुबाट प्लाष्टिक जन्य बस्तुहरु खरिद गर्ने तयारी गरेको घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखाका प्रमुख प्रेम केसीले जानकारी दिएका छन ।

प्लाष्टिक जन्य पदार्थ उपमहानगरपालिकाले किन्ने भएकाले घरबाट बाहिर नफाल्न उपमहानगरपालिकाले उपभोक्ताहरुलाई आग्रह गरेको छ । त्यसका लागि अहिले कार्यविधि बनाउने काम भैरहेको भन्दै कार्यविधि बनेपछि प्लाष्टिक खरिदको कामलाई अघि बढाइने घोराही उपमहानगरपालिका सरसफाई शाखाका प्रमुख केसी बताए । ‘पहिलो पटक कुन–कुन वडाको कहाँबाट प्लाष्टिक खरिद गर्ने हो भनेर कार्यविधि बनाउँदै छौँ’,शाखा प्रमुख केसीले भने,‘कार्यविधि बनाएपछि प्लाष्टिक खरिदलाई अघि बढाइने छ ।’ उनका अनुार उपमहानगरपालिकाले वडामा रहेका टोल विकास सस्था, सामुदायिक वन, युवा क्लवलगायतका सघसस्थाहरुमाफर्त प्लाष्टिक खरिद गर्ने तयारी गरेको छ ।

सघसस्था मार्फत खरिद गर्दा सरसफाईको अभियानलाई प्रभावकारी बनाउन सकिने र संकलितमा समेत सहज हुने देखिएको उनले बताए । ‘घोराही बजारसँगै सहर उन्मुख वडामा बढ्दै गरेको फोहर कम गर्नका लागि प्लाष्टिक खरिद गर्ने योजनामा रहेका छौँ’,शाखा प्रमुख केसीले भने,‘जसले घोराहीलाई प्रदुर्शन हुनबाट रोक्नका साथै घोराही उपमहानगरपालिका वडा नं. १६ मा रहेको डम्पीङ साइडको आयु समेत बढाउनेछ ।’ गल्ने फोहरबाट ग्याँस उत्पादन गर्ने र नगल्ने फोहरका रुपमा रहेको प्लाष्टिकलाई खरिद गरेर विक्रि गर्न सके फोहर व्यवस्थापनमा समेत सहजता हुने शाखा प्रमुख केसीले बताएका छन ।

यसरी खरिद गरिएको प्लाष्टिक जन्य पदार्थलाई उपमहानगरपालिका आफुले विक्रि गर्ने भएको छ । त्यसका लागि हेटौडामा रहेको प्लाष्टिक उद्योगसँग कुरा भैरहेको समेत बताए । अहिले घोराही उपमहानगरपालिकामा दैनिक २३देखि २३ टनसम्म फोहर सकलन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*