Home / Feature Breaking news / नेकपाकी सचेतक शान्ता चौधरीको घरमा चोरी

नेकपाकी सचेतक शान्ता चौधरीको घरमा चोरी

दाङ,२३ मंसिर ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीको घरमा चोरी भएको छ । घोराही उपमहानगरपालिका–४ लक्ष्मीपुरमा रहेको घरमा कोही नभएको समयमा चोरले घरको मुलगेट, ढोकाको ताला फोडेर भित्र पसेर चोरी गरेको छ ।

आज सोमबार सचेतक चौधरीका आफन्तहरु घरमा गएको समयमा गेटको ताला फोडिएको देखेपछि भित्र पस्दा घर भित्र रहेका दराजहरुको समेत ताला फोडेर सरसामान छरफस्ट अवस्थामा भेटेका थिए ।

लगत्तै सचेतक चौधरीका आफन्तहरुले प्रहरीलाई खवर गरेका थिए । चुनावको मतगणना सकिलगत्तै एक साता अघि काठमान्डौ गएको हुदाँ घरमा कोही थिएनन् । नेता चौधरी अहिले घर नभएको हुदाँ के के सरसामान घरमा थिए र के कस्ता वस्तु चोरी भए भन्ने बारेमा थाहा हुन नसकेको चौधरीका स्वकिय सचिव सन्तोष दहितले जानकारी दिएका छन् । यस्तै घरमा कहिले चोर पसेको हो भन्ने बारेमा पनि जानकारी आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*