Home / Feature Breaking news / सात हजार घुससहित दाङमा प्रहरी नायव निरिक्षक पक्राउ

सात हजार घुससहित दाङमा प्रहरी नायव निरिक्षक पक्राउ

मंसिर,२२ दाङ । दाङमा एक जना प्रहरी नायव निरिक्षकलाई सात हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा कार्यरत प्रहरी नायव निरिक्षक हेमन्त केसीलाई अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको कायालय नेपालगञ्जबाट आएको टोलीले नगद सात हजार घुस रकमसहित आइतवार पक्राउ गरेको हो ।

केसीलाई सेवाग्राहीसँग सात हजार रुपैया घुस लिदै गरेको अवस्थामा पक्राउ परेको अख्तियार दुरुपयोग आयोगको कार्यालय नेपालगंजका प्रवक्ता लोकमणि पाण्डेले जानकारी दिएका छन् ।
केसीलाई घोराही उपमहानगरपालिका वडा नं.१५ मा जिल्ला प्रशासन कार्यालय अगाडी रहेको वली होटेलबाट पक्राउ गरेको जनाएको छ । प्रहरी नायव निरिक्षक केसीले सार्वजनिक मुद्रा चलेका व्यक्तिलाई छुटाइदिए बाफत सेवाग्राहीसँंग घुस रकम लिदै गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*