Home / Feature Breaking news / कोहलपुर तनावग्रस्तः डीएसपी शाहीसहित आधा दर्जन प्रहरी घाइते

कोहलपुर तनावग्रस्तः डीएसपी शाहीसहित आधा दर्जन प्रहरी घाइते

बाँके, २२ मंसिर । बाँकेको कोहलपुरमा ट्रकले एक बालिकालाई ठक्कर दिएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।
शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन् । उक्त घटनापछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । स्थिति तनावग्रस्त भएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

केही राउण्ड हवाई फायर पनि भएको छ । अहिले घट्नालाई नियन्त्रणमा लिनका लागि बाक्लो मात्रमा प्रहरी समेत परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*