Home / Feature Breaking news / हैदराबाद बलात्कार काण्ड : पक्राउ परेका चारै अभियुक्त ‘प्रहरी इन्काउन्टर’मा मारिए

हैदराबाद बलात्कार काण्ड : पक्राउ परेका चारै अभियुक्त ‘प्रहरी इन्काउन्टर’मा मारिए

भारत : दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार अभियुक्तको प्रहरी मुठभेडमा मृत्यु भएको छ । हैदराबादबाट पचास किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा आज बिहान भएको मुठभेडमा उनीहरुको मृत्यु भएको हो ।

गएराति चारै अभियुक्तलाई प्रहरीले बलात्कारपछि हत्या गरिएकी महिला डाक्टरको शव जलेको अवस्थामा बरामद भएको ठाउँमा लगेको थियो । त्यहाँ अभियुक्तहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि गोली प्रहार गरिएको तेलंगाना प्रहरीले जानकारी दिएको छ ।

गत साता २६ वर्षीया एक चिकित्सकको बलात्कारपछि हत्या गरिएको अभियोगमा उनीहरु पक्राउ परेका थिए । चारैजनालाई बुधबार प्रहरी हिरासतमा राखेको थियो । पशुचिकित्सकको बलात्कारपछि हत्या भएको विषयमा भारतमा निरन्तर प्रदर्शन हुँदै आएको छ ।

उनीहरुलाई मृत्युदण्ड दिनुपर्ने माग सडकदेखि सदनसम्म उठिरहेको थियो । अपराधबारे पछिल्ला सरकारी तथ्यांकमा सन् २०१७ मा भारतभर प्रहरीले ३३ हजार ६ सय ५८ बलात्कारको घटना भएको देखिएको छ । भारतमा प्रत्येक दिन ९२ जना महिला बलात्कारमा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*