Home / Feature Breaking news / महेश रिजाललाई पत्रकार महासंघकाे एक लाख २५ हजार सहयाेग

महेश रिजाललाई पत्रकार महासंघकाे एक लाख २५ हजार सहयाेग

घाेराही, २० मंसीर
मुटुकाे समस्याले उपचाररत नेपाल पत्रकार महासंघका ५ नम्बर प्रदेशका सभासद महेश रिजाललाई नेपाल पत्रकार महासंघ दाङ शाखाले अार्थिक सहयाेग गरेकाे छ ।

महासंघले शुक्रवार रिजललाई नगद सहयाेग गरेकाे हाे ।
उपचार सहयोगार्थ पत्रकार।महासंघ दाङले १,२५,०६५( एक लाख पच्चीस हजार पैसंठी रूपैया ) हस्तान्तरण गरिएको हाे ।

पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पाेख्रेल, दाङ शाखा अध्यक्ष सविन प्रियासन, पूर्व अध्यक्ष के.वि मसाल, सचिव भुपेन्द्र वली, काेषाध्यक्ष आर.के.शीतलकाे उपपस्थितिमा सहयाेग हस्तारन्तरण गरिएकाे हाे ।

रिजालकाे उपचारकालागी पत्रकार महासंघ दाङले सहयोग संकलन अभियान थालेकाे थियाे । जसमा पत्रकार महासंघकाे केन्द्रीय पार्षद्, प्रदेश पार्षद्, कार्यसमिति, साधारण सदस्य, सञ्चनर माध्यम, विभिन्न संघसंस्थाले सशयाेग गरेका छन् ।

पत्रकार महासंघले सहयाेग अभियानमा जोडिनु भएका जिल्लाका सम्पुर्ण पत्रकार तथा शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेकाे छ । साथै सहयोग गर्न ईच्छुक मित्रहरूलाई दाङ शाखा संग सम्पर्क गर्न पनि महासंघले अाग्रह गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*