Home / Feature Breaking news / भारतको उत्तरप्रदेशमा बयान दिन अदालत जाँदै गरेकी बलात्कारपीडितलाई ज्युँदै जलाइयो

भारतको उत्तरप्रदेशमा बयान दिन अदालत जाँदै गरेकी बलात्कारपीडितलाई ज्युँदै जलाइयो

भारतको उत्तरप्रदेशमा बलात्कारका विरूद्ध अदालतमा बयान दिन जान लागेकी एक महिलालाई उनका पीडकहरूले समातेर जलाएका छन्।

उत्तरप्रदेशको उन्नाओ जिल्लाको सिन्दुपुर गाउँकी २० वर्षिय ती महिला बिहीबार अदालतमा बयान दिन जान रेल स्टेशन पुग्न लागेको बेला केही मानिसले आएर कब्जामा लिएका थिए।

उनलाई गाउँ बाहिर लगी खेतमा पेट्रोल छर्केर जलाइएको इण्डिया टुडेले जनाएको छ।

उनको शरीरको ९० प्रतिशत भाग जलेको सञ्चार माध्यमले जनाएका छन्। स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई लखनउ लगिएको छ।

दश महिनाअघि उनीमाथि पाँच व्यक्तिले बलत्कार गरेका थिए। बलात्कारी पाँचमध्ये तीन जनालाई पक्रिएर प्रहरीले हिरासतमा राखेको छ।

दुई जना भने फरार छन्।

ती महिलामाथि बलात्कार गर्नेहरूले नै अहिले हमला र आगो लगाएको आशंका गरिएको छ।

यो घटनाले भारतभरि आक्रोश फैलिएको छ।

केहीदिन अघि मात्र भारतको हैदरावाद सहरमा स्कुटर बिग्रेर सडकमा उभिइरहेकी भेटेरेनरी डाक्टरको बलत्कारपछि हत्या भएको थियो।

सो घटनाको विरोध जारी रहेका बेला भारतको उत्तरप्रदेशमा फेरि यो क्रुर घटना भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*