Home / Feature Breaking news / कपास उद्योगमा आगलागी हुँदा ६ लाख बराबरको क्षेति

कपास उद्योगमा आगलागी हुँदा ६ लाख बराबरको क्षेति

दाङ,१९ मंसिर । देउखुरीको गढवामा रहेको कपास उद्योगमा आगलागी हुँदा ६ लाख बराबरको क्षेती भएको छ ।

गढवा गाउँपालिका वडा नं. ६ थानदेउखुरी निवासी हुर्मत यादवको कपास उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको हो । उद्योगमा कपडा पेल्ने क्रममा एक्कासी मेसिनमा आगलागी हुदा कपडा पेल्ने मेसिन, घर र कपडाहरु जलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

उद्योगमा आगलागी बुधवार राति ९ः५० बजेतिर लागेको थियो । उद्योगमा लागेको आगो स्थानीयबासी र प्रहरीको सक्रियतामा राति सवा १० बजेतिर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*