Home / Feature Breaking news / घोराही–लमही सडक खण्डमा दुई ट्रक दुर्घटना

घोराही–लमही सडक खण्डमा दुई ट्रक दुर्घटना

दाङ,१८ मंसिर । घोराही–लमही सडक खण्डमा गएराती दुई वटा ट्रक दुर्घटना भएका छन । दुर्घटनामा मानविय क्षेती भने भएको छैन । दाङको घोराहीबाट बुटवल जादै गरेको लु १ ख ४६१४ नम्वरको ट्रक घोराही उपमहानगरपालिका वडा नं. ३ को मुसोटखोलाको ओरालोमा दुर्घटनामा परेको हो ।

मकै लिएर जादै गरेको ट्रक ओरालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालकलगायतका केही व्यक्तिहरु घाइते भएको थिए । त्यस्तै सोही रुटमा लमहीतिरबाट घोराही आउँदै गरेका भारतीय ट्रक समेत दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*