Home / Feature Breaking news / बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

दाङ,१८मंसिर । देउखुरीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

देउखुरीको गढवा गाउँपालिका वडा नंं २ कालाकाटेदेखी गढवातर्फ आउदै गरेको ना २ ख ७५११ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिदा गढवा निवासी अन्दाजी ३० बर्षिय आत्माराम चौधरीको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चौधरीलाई बसले बुधवार दिउसो ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*