Home / Feature Breaking news / टमाटर खेतीबाट डेढ लाख आम्दानी

टमाटर खेतीबाट डेढ लाख आम्दानी

श्रवण बस्नेत
लमही,१८ मंसिर । देउखुरीको लमही नगरपालिका वडा नं. ४ अर्नहवाका दिलबहादुर बिष्ट टमाटर खेतीबाट बार्षिक डेढ लाख बढि आम्दानी गर्ने गरेका छन ।

स्वदेशमा केही नभएको भन्दै दिनहु नेपालीहरु विदेशी रहेका बेला बिष्टले आफ्नै ठाउँमा टमाटर खेतीका माध्यमबाट राम्रो आम्दानी गर्ने गरेका छन । टमाटर खेतीबाट आउने पैसाले घरपरिवार चलाउनेदेखि बचत समेत गर्ने गरेको बिष्टले बताए ।

तरकारी खेतीबाट संकलन भएको पैसाले देउखुरीमा तीन कट्ठा जग्गा समेत किनेको उनी बताउँछन । एक दशकदेखि टमाटर खेती गर्दै आएका बिष्टले यस अघि व्यबसायिक रुपमा कपास ,च्याउँ खेती समेत गर्दै आएका थिए ।

च्याउँ र कपास खेती गर्दा मेहनत धेरै आम्दानी कम हुन थालेपछि पछिल्लो समय टमाटर खेत ीगर्न थालेको उनी बताउँछन । कपास र च्याउँखेती भने २०४५ सालबाट सुरु गरेका थिए । तर धेरै लामो समय गर्न भने सकेनन् ।

बिष्टले अहिले करिव १० कठ्ठामा व्यवसायिक टमाटर खेती गर्दै आएका छन । ‘टमाटरबाट राम्रो आम्दानी हुन थालेपछि अन्य खेती छोडेर टमाटर खेती गर्न थालेको छु’,उनले भने,‘टमाटर खेतीबाट राम्रो आम्दानी हुने गरेको छ ।’ टमाटर खेती गर्दा आफुलाई धेरै सहजता भएको उनी बताउँछन ।

टमाटर रोपेको करिव ७० दिनमा तयार हुने र त्यसबाट राम्रो आम्दानी लिने गरेको उनी बताउँछन । टमाटर सिजनमा कम मुल्यमा विक्रि हुने गरेपछि अन्य समयमा धेरै राम्रो हुने गरेको समेत बताउँछन ।
फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*