Home / Feature Breaking news / घोराही–१६ मा कांग्रेसको अग्रता

घोराही–१६ मा कांग्रेसको अग्रता

दाङ, १४ मंसिर । दाङको घोराही उपमहानगरपालिका वडा नं.१६ मा कांग्रेसले अग्रता लिएको छ । घोराही–१६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारलाई पछि पार्दै अग्रता लिएका हुन ।

एक हजार मतगणना गर्दा कांग्रेसका उम्मेदवार डाँगीले चार सय २५ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार सुरेश बहादुर केसीले तीन सय ५५ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले एक सय ९० मत प्राप्त गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. १६ मा तीन हजार दुई सय २६ मतदान भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*