Home / Feature Breaking news / दाङमा ६६ प्रतिशत मतदान

दाङमा ६६ प्रतिशत मतदान

दाङ,१४ मंसिर । दाङमा स्थानीय पूर्ण मतदान भएको छ । जिल्लाका दुई स्थानमा भएको उपनिर्वाचनमा शान्तिपुर्ण रुपमा मतदान भएको हो । उपनिर्वाचनमा एक प्रदेश सभा सदस्य र वडा अध्यक्ष पदका लागि जिल्लामा ६६.८९ प्रतिशत मतदान भएको छ ।

जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशसभा सदस्यका लागि भएको मतदानमा ६६.५३ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालय दाङका अनुसार ६८ हजार सात सय १९ मतदाता मध्य ४५ हजार सात सय १८ मतदान भएको छ । जसमा २० हजार १ सय २८ पुरुष र २५ हजार ५ सय ९० जना महिलाहरुले मतदान गरेका जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिएका छन ।

त्यस्तै स्थानीय तह अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १६ मा ७२.४४ मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार ४ हजार ४ सय ५३ मतदाता मध्य वडामा ३ हजार २ सय २६ मतदान भएको छ । जसमा एक हजार ८ सय ८ महिला र एक हजार ४ सय १८ जना महिलाहरुले मतदान गरेको सूचना अधिकारी कुँवरले जानकारी दिएका छन ।

उपनिर्वाचनका क्षेत्र नं.३ (ख) मा ३२ मतदान स्थलका ७७ वटा केन्द्र रहेका छन् भने घोराही १६ मा २ मतदान स्थलमा ५ केन्द्र रहेका थिए । दाङमा प्रदेशसभा सदस्य पदमा १४ जना र वडा अध्यक्ष पदमा ७ जना गरि २१ चुनावी प्र्रतिष्प्रर्धामा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*