Home / समाचार / २ लाख बढी मुल्यको प्याज बरामद

२ लाख बढी मुल्यको प्याज बरामद

अजय मिश्र
कृष्णनगर,१२ मंसिर । मंहगीका कारण बजारमा प्याजको अभाव भैरहेका बेला कपिलवस्तु जिल्लाको कृष्णनगरमा प्रहरीले २ लाख मुल्य बढिको प्याज बरामद गरेको छ ।

कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगरबाट भन्सार छली ल्याएको २४ बोरा प्याज व्यावारिसे अवस्थामा प्रहरीले बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको मोबाइल टोलीले उक्त प्याज बरामद गरेको हो । पछिल्लो समयमा प्याजको मूल्य चर्काे रुपमा बृद्धि भएकाले प्याज तस्करी बढेको छ ।

बरामद गरिएको प्याज आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिएका छन । उनका अनुसार बरामद गरिएको प्याज करिव दुई लाख एक्सठ्ठी हजार रुपैया बराबरको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*