Home / प्रदेश समाचार / अटो भिल्लामा इलामेन्ट मेसिन

अटो भिल्लामा इलामेन्ट मेसिन

दाङ, ११ मंसिर । घोराहीमा रहेको अटो भिल्लामा बिजनेस गु्रप प्रालीले इलामेन्ट मेसिनबाट सेवा दिन थालिएको छ । बुटवल पश्चिममा यस प्रकारको सेवा पहिलो रहेको अटो भिल्लाका प्रवन्ध निर्देशक सुशील पोख्रेलले जानकारी दिएका छन । यस प्रकारको मेसिनले चारपाङग्रे गाडीका समस्याका वारेमा सहजै पता लगाउन सकिने उनको भनाइ रहेको छ ।

मेसिनले मानिसको सिटी स्क्यान गरे जस्तै गाडीको समस्या सहज रुपमा पता लगाउन सकिने प्रवन्ध निर्देशक पोख्रेलले बताए । ‘समयको मागसंगै आधुनिक मेसिन भित्रयाएका छौ’ निर्देशक पोख्रेलले भने । उक्त मेसिन २४ लाखमा भित्रयाइएको हो । मेसिन भित्रियसंगै यस क्षेत्रका सेवा ग्राहीहरुलाइ सहज हुने विजनेस गु्रप पालिले जनाएको छ । भदौमा जिल्लामा भित्रयाए पनि सञ्चालन गर्ने मानिस नभएपछि ढिला मात्र सञ्चालनमा ल्याएको पोख्रेलले बताए ।

आप्mनै खर्चमा तालिममा पठाएर अहिले सञ्चालनमा उनको भनाइ छ । यसैविच मेसिनको बुधवार उद्घाटन गरिएको छ । प्रालिले चारपाङग्रे गाडी सवै सेवा प्रदान गरि राखेको जनाएको छ । ‘हामी कहाँ आएपछि साना गाडीको लागि बाहिर जानु पर्ने वाध्यता हुदैन’ पोख्रलले भने । आउँदा दिनमा थप आधुनिक प्रविधि भित्रयाउने उनको भनाई छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले संयुक्त रुपमा उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष भुसालले जिल्लामा पछिल्लो समयमा नया नयाँ प्रविधिको व्यवसाय सुरु भएको बताए । समयको माग अनुसार प्रविधिहरु भित्रने क्रम जारी रहेको छ । यसले यस क्षेत्रको विकासमा समेत सहज हुने उनको भनाइ छ । महासंघका अध्यक्ष प्रियासनले जिल्लामा पछिल्लो समय व्यवसायमा स्तरीयता वढदै गएको बताए । कार्यक्रमको सहजीकरण सुरज वुढाथोकीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*