Home / Feature Breaking news / मदिराले मातेका वडाध्यक्षद्धारा कांग्रेस कार्यकर्तामाथि कुटपिट

मदिराले मातेका वडाध्यक्षद्धारा कांग्रेस कार्यकर्तामाथि कुटपिट

दाङ, ११ मंसिर । दाङमा नेकपाकाबाट निर्वाचित वडा अध्यक्षले मदिराको मातमा कांग्रेस कार्यकर्तालाई कुटपिट गरेका छन् । तत्कालिन एमालेबाट बबई गाउँपालिका वडा नम्बर ६ मा निर्वाचित अध्यक्ष रामबहादुर डाँगीले नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता गणेश देबकोटा र सुरेश खड्कालाई कुटपिट गरेका हुन ।

उनले मंगलबार बेलुकी मदिरा सेबन गरि हातपात गर्दै कुटपिट गरेका हुन् । नेपाली कांग्रेस र नेकपाका नेताहरुसहित इलाका प्रहरी कार्यालय पन्चकुलेमा बुधवार विहान भएको छलफलमा दोषी वडा अध्यक्ष डाँगीले सार्बजनिक रुपमा माफी मागेका छन् ।

मदिरा सेबन गरेकाले गल्ती भएको भन्दै माफी माग्दै अबदेखि यस्ता गल्ती नगर्ने सहमती भएको कांग्रेस जिल्ला सदस्य तारा बहादुर कार्कीले जानकारी दिएका छन ।

त्यस्तै नेकपाका कार्यकर्ताले तुलसीपुर उपमहानगरपालिका– १० गौरीगाउँमा बियरका बोत्तल र रडले आक्रमण गर्दा तुलसीपुर ११ हस्नापुर निबासी नेपाल विद्यार्थी संघका कार्यकर्ता कृष्ण बस्नेत घाइते भएका थिए ।

घाइते बस्नेतलाई प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।

आक्रमणबाट बस्नेतको टाउकोमा बियरको बोत्तलका सिसा बिझेको आशन्का भएपछि सिटी स्क्यान गर्न नेपालगन्ज रेफर गरिएको प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।
उपनिर्वाचनको मिति नजिकिदै गर्दा नेकपाका कार्यकर्ता आक्रमण उत्रिएका छन । यहि मंसिर १४ गतेको निर्वाचनलाई प्रभावित पार्न नेकपाका कार्यकर्ता श्रीङ्खलाबद्ध रुपमा आक्रमणमा उत्रिएको कांग्रेस दाङका जिल्ला सचिब शंकरप्रसाद डाँगीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*