Home / समाचार / ‘कांग्रेसको जीत सुनिश्चीत भईसक्यो’

‘कांग्रेसको जीत सुनिश्चीत भईसक्यो’

दाङ, १० मंसीर

मंसीर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चीत भईसकेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को जुरुट्टेमा आयोजना गरिएको चुनावी सभामा सहभागी नेताहरुले उपनिर्वाचनमा नेपाली कांग्रेसको जीत सुनिश्चीत भईसकको बताएका हुन् ।

यो निर्वाचनकालागि कांग्रेसको पक्षमा जनलहर आईसकेकाले जित सुनिश्चीत भएको उनीहरुको भनाई छ । नेपाली कांग्रेस वडा ईकाइ समितिले आयोजना गरेको चुनावी सभामा बोल्दै कांग्रेस नेतृ एवं राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले दाङ लगायत देशैभर कांग्रेसको पक्षमा जनलहर आईसकेको हुदाँ नतिजा पनि कांग्रेसकै पक्षमा आउने बताउनुभयो ।

उहाँले दाङको प्रदेश सभा सदस्यको निर्वाचन र वडा अध्यक्षको निर्वाचनमा कांग्रेसको जित सुनिश्चीत भएको दाबी गर्नुभयो । देवकोटाले देशमा भएक हरेक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको, विकासका हरेक काम कांग्रेसकै पालामा भएको हुँदा जनताले कांग्रेसको कामको मुल्यांकन गर्दै मत दिएर विजयी बनाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रदेश सभा सदस्य अर्जुनकुमार श्रेष्ठले सरकारको नेतृत्व गरेको नेकपाले शक्तीको दुरुपयोग गरेको बताए । सत्तामा भएको आडमा जनताको समस्या नसुनेर कार्यकर्ताहरुको मात्र समस्या समाधानमा नेकपा लागेकाले जनताको समस्या जस्ताको त्यस्तै भएको बताउनुभयो । यो निर्वाचनमा कांग्रेसलाई मत दिएर विजयी बनाएमा जनताको मतको महत्व नेकपाले बुझ्ने श्रेष्ठको भनाई थियो ।

संविधान सभा सदस्य राजु खनालले कांग्रेसको पालामा भएको विकासलाई अहिलेको सरकारले आँफूह्ररुले गरेको विकास भन्दै भजाउने गरेको बताउनुभयो ।

जनताको समस्या समाधान गर्न नसक्ने सरकारको कुनै काम नभएको भन्दै नेपाली कांग्रेस सधै जनताको साथमा भएको बताए । उनले घोराही १६ का विभिन्न विकासका काम आँफू सांसद हुँदा भएको उनको दाबी थियो । सडक, विद्युत एवं पुलको काम सांसद हुदाँ गरेकाले त्यसको मुल्यांकन वडाबासीले कांग्रेसलाई मत दिएर गर्नुपर्ने बताउनुभयो ।

T4

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगीले जनतालाई झ्ुक्याएर अघिल्लो निर्वाचनमा विजयी भएकाहरुले जनताको पक्षमा काम गर्न नसकेको हुँदा जनताले त्यसको मुल्यांकन गरेर जवाफ दिने बताउनुभयो । अहिलेको निर्वाचनमा पनि विभिन्न आश्वासन बाढ्ने काम नेकपाका उमेद्वारले गरेको भन्दै सचेत हुन सम्पूर्ण वडाबासीहरुमा अनुरोध पनि गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले सुकुम्बासी समस्या समाधान गर्दै सुरक्षीत खानेपानी र सडकको समस्या समाधान दिनकालागी उमेद्वारलाई अनुरोध गरेका थिए ।
वडा ईकाइ सभापति सुरेश पछाईको अध्यक्षतमा भएको कार्यक्रममा ईकाइ सचिव यमलाल पाण्डे स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजिकण सहसचिव रामबहादुर डाँगीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*