Home / Feature Breaking news / घोराहीबाट प्यूठान जान थालेको बस दुर्घटना, एक जनाको मृत्यु

घोराहीबाट प्यूठान जान थालेको बस दुर्घटना, एक जनाको मृत्यु

दाङ,१० मंसिर । दाङमा सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

दाङको घोराहीदेखि प्यूठानको ढिकाबाङ जादै गरेको ना ३ ख ६५४२ नम्वरको बस दाङको बंगलाचली गाउँपालिका वडा नं.६ मा दुर्घटनामा पर्दा बसमा सवार एक जना महिलाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बस सडकदेखि ५०मिटर तल खस्दा बसमा सवार करिव २४÷२५ बर्षीया एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

उक्त दुर्घट्नामा बस चालक सहित १२ जना घाइते भएका छन । घाइतेहरुलाई उपचारका लागि घोराही ल्याइदै गरेको प्रहरीले जनाएको छ । थप विवरण आउँन बाँकी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*