Home / समाचार / युवा कृषकलाई च्याउ उत्पादन तालिम

युवा कृषकलाई च्याउ उत्पादन तालिम

तिर्थराज ज्ञवाली
दाङ, ८ मंसिर । च्याउँ खेतीका माध्यमबाट किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले राप्ती गाउँपालिका कृषि शाखाले किसानहहरुलाई दुई दिने कन्य च्याउँ खेती तालिमको आयोजना गरेको छ । तालिमको आइतवार एक कार्यक्रमको आयोजना गरि वडा नंं. २ मा सुरु गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं १, २, ३ ,४ र ९ नं वडाका युवा कृषकहरुलाई लक्षित गरि कन्य च्याउ उत्पादन सम्वन्धि तालिमको आयोजना गरिएको कृषि शाखा प्रमुख कृषि प्रशार अधिकृत महेश अधिकारीले जानकारी दिएका छन । तालिममा पुरुष महिला गरि २५ जनाको सहभागीता रहेको छ । तालिममा कन्य च्याउ उत्पादन गर्ने तरिका, भण्डारण गर्ने तरिका तथा च्याउँवाट विभिन्न परिकार बनाउने तरिका सिकाईने कृषि प्राविधिक सहायक सीमा भट्टले जानकारी दिएकी छिन ।

राप्ती गाउँपालिका वडा नं २ का वडा अध्यक्ष जगत बहादुर थापाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता एव उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको बिशिष्ट आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो ।

कन्य च्याँउ उत्पादन सम्वन्धि तालिम वडा नं १, २, ३ ,४ र ९ नं वडाका युवा कृषकहरुलाई लक्षित गरि वडा नं २ मा र वडा नं ५, ६,७ र ८ लाई लक्षित गरि वडा नं ५ मा सञ्चालन गरिने कृषि प्राविधिक सहायक बरसाती गडरियाले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*