Home / खेलकुद / लिभरपुल अपराजित, लेस्टर दोस्रो स्थानमा उक्लियो

लिभरपुल अपराजित, लेस्टर दोस्रो स्थानमा उक्लियो

८ मंसिर, काठमाडौं ।

लिभरपुलले प्रिमियर लिगमा अपराजित यात्रालाई कायम राखेको छ । यस सिजन १३ खेलसम्म अपराजित रहने क्रममा लिभरपुलले शनिबार क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा क्रिस्टल प्यालेसले लिग लिडर लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । मोहम्मद सालाहबिनै मैदान उत्रेको लिभरपुललाई ४९औं मिनेटमा साडियो मानेले गोल गर्दै अग्रता दिलाए ।

८२ औं मिनेटमा विलफ्रेड जाहाले प्यालेसका लागि बराबरी गोल फर्काए । तर त्यसको तीन मिनेटपछि नै रोवर्ट फिर्मिनोले गोल गरेपछि लिभरपुलले ३ अंक जोडेको हो ।

यस सिजन अपराजित एक्लो टिम लिभरपुलले १२औं जितपछि ३७ अंक जोड्दै शीर्ष स्थानमा पकड कायम गरेको छ । लिभरपुलले दोस्रो स्थानमा उक्लेको लेस्टर सिटीमाथि ८ अंकको अग्रता बनाएको छ । लिभरपुलले यस सिजन एक खेल मात्र बराबरी खेलेको छ ।

ब्राइटनलाई २-० ले पराजित गरेको लेस्टरले १३ खेलबाट २९ अंक जोडेको छ । लेस्टरलाई जित दिलाउन जेमी भार्डी र अयोज पेरेजले दुवै गोल गरे ।

यसैगरी बर्नमाउथलाई २-१ ले पराजित गर्दै वल्भ्स पाँचौ स्थानमा उक्लेको छ । लण्डन क्लब आर्सनल भने साउथहृयाम्पटनसँग २-२ गोलको बराबरीमा रोकियो ।

आइतबार राति तेस्रो स्थानको चेल्सी र चौथो स्थानको म्यानचेष्टर सिटीबीच खेल हुँदैछ । १२ खेल खेलेका चेल्सीको २६ र सिटीको २५ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*