Home / Feature Breaking news / काङ्गेससंग गंगटेकाे गुहार

काङ्गेससंग गंगटेकाे गुहार

प्रेम पुन
हापुरे, ५ कार्तिक
दाङकाे कर्णाली भनेर चिनिने बबई १ गंगटेबासीले नेपाली काङ्गेस संग विकासका लागि गुहार मागेका छन् । अागामी मंसिर १४ गते हुन लागेकाे दाङ क्षेत्र नं ३ ख उपनिर्वाचनकाे प्रचारप्रसार क्रममा गंगटे पुगेका नेपाली काङ्गेसका उम्मेदवार केशवराज अाचार्य संग अाफ्नाे गाउँमा विकासकाे माग गरेका हुन् । स्थानिय सरकार अाएकाे लामाे समय भएतापनि साेचे जस्ताे विकासकाे पहल कदमी चाल्न नसकेकाे भन्दै स्थानिय सरकारकाे अालाेचना गरेका थिए ।
सडक, विधुत, खानेपानि, स्वास्थ्य, सञ्चार जस्ता विकास पुर्वाधार नभएकाे भन्दै नेपाली काङ्गेस संग विकासकाे अाशा रहेकाे मान बहादुर श्रीषले बताए ।
नेपाल टेलिकमकाे टावर बनाउन स्थानियले ४,५ दिन सम्म जनश्रमदान गरेकाे तर बन्दा बन्दै अहिले राेकिएकाेमा उनीहरूले दुख व्यक्त गरे। साथै टावर निर्माणमा जनश्रमदान बाहेक स्थानियले गरेकाे ज्याला मजदुरीकाे पैसा नपाएकाे काङ्गेका उम्मेदवार अाचार्य संग गुनासाे राखे ।

फाेनकाे सुविधा छैन, खाेलाकाे पानि खानु पर्ने बाध्यता छ श्रीषले भने हामीलाई स्थानिय सरकार अाएकाे र नअाएकाे केही थाहा छैन् । नेपाल टेलिकम मार्फत ठेक्का टेन्डरमा टावरकाे काम सुरू भएतापनि वडा अध्यक्षकाे अाह्वानमा बबई १ का सम्पुर्ण स्थानिय जनश्रमदान गर्न बाध्य भएका थिए भने ज्याला मजदुरीकाे रकम नपाएकाे उनिहरू बताउछन ।

ठेक्का टेण्डरमा गएकाे टेलिकमकाे टावरमा जनश्रमदान गर्न लगाउदा अाफू नगएकाे स्थानिय बुद्धि विकले बताए । जनश्रमदान नगर्नेले हजार रूपैया जरिवाना तिर्नुपर्छ भनेका थिए तर म गएन, मलाई थाहा थियाे हामीले जनश्रमदान गर्ने काम हाेइन ।

विभिन्न ठाउँमा घरदैलाे पछि चुनावीमा परिणत भएकाे थियाे ।
बबई १ का उपसभापति पिमलाल केसीकाे सभापतित्वमा कार्यक्रममा बाेल्दै नेपाली काङ्गेसका उम्मेदवार केशवराज अाचार्यले गंगतेलाई विकासकाे गतिमा अगाडि बढाउन अाफुलाई अगाडि बढाउन अाग्रह गरे ।

म कुरा हाेईन विकास गर्न अातुर छु अाचार्य भने हामी कम्युनिष्ट जस्ता हाेइनाै विकास भन्दा गफ धेरै गर्ने । पश्चिमदाङकाे विकास नेपाली काङ्गेसबाटै सम्भव रहेकाे उनले बताए । कार्यक्रममा नेपाली काङ्गेस दाङका सचिव संकर डाँगीले विकासबाट पिछडिएकाे गंगते लगाएत सबै गाउँलाई विकासकाे तिब्र गतिमा अगाडि लैजानकालागी काग्रेसलाई भाेट हाल्न अाग्रह गरे ।

विभिन्न ठाउँमा घरदैलाे पछि चुनावीमा परिणत भएकाे थियाे । कार्यक्रममन नेपाल काङ्गेसका नेता टेक बहादुर वली, कुलबहादुर केसी, दंगीशरण गाउँपालिका पिमा खड्का लगाएतले नेपाली काङ्गेस बाहेक कसैले विकास नगर्ने बताए थिए । कम्युनिष्ट जस्ताे गफ लगाएर जनता भ्रममा पार्ने पार्टि काङ्गेस नभएकाले सवैले वेलैमा विचार गर्न अाग्रह गरेका थिए ।
कार्यक्रमकाे सहजिकरण बम कुमारी खड्काले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*