Home / Feature Breaking news / तारा डिसीलाई अविर र मालासहित घरघरमा मतदाताहरुको स्वागत

तारा डिसीलाई अविर र मालासहित घरघरमा मतदाताहरुको स्वागत

घोराही, ४ मंसीर

मंंसीर १४ गते हुने उपनिर्वाचनकालागि घोराही १६ मा अध्यक्षका उमेद्वारहरुले प्रचारप्रसारलाई तीव्र्र बनाएका छन् । नेपाली कांग्रेसका उमेद्वार ताराबहादुर डिसी चुनावी प्रचारप्रसारमै व्यस्त हुनुहन्छ । डिसी मतदाताहरुको घरघरमा पुगेर मत माग्दै मततदाताहरुको समस्या सुन्दै आउनुभएको छ ।

मतदाताहरुले डिसीलाई भव्य स्वागत गर्ने गरेका छन् । मतदाताहरुको दैलोसम्म पुग्ने डिसीलाई १६ नम्बर बासी मतदाताहरुले अविर, फूलमालाले स्वागत गर्दै जितको शुभकामना दिने गरेका छन् ।

‘लौ यो जीतको शुभकामना सहितको अविर र टीका हो । तपाई नै हो चुनाव जित्ने, जितपछि पनि हाम्रो आँगनमा आउनुहोला’ भन्दै मतदाताहरुले अविर र मालाले उनलाई मतदाताहरुले स्वागत गर्ने गरेका छन् ।

t2

वर्तमान सरकारका क्रियाकलापबाट आफूहरु असन्तुष्ट रहेको भन्दै उनीहरुले यसपटक नेपाली कांग्रेसबाट उमेद्वार बनेका डिसीलाई मत दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

आफूहरुलाई वडाको विकास चाहिएकाले ‘त्यो तपाईबाट मात्र सम्भव छ’ भन्दै मतदाताहरुले जिताएरै छाड्ने बताएका छन् ।

T0

‘जुझारु युवा जसले लामो समयदेखी राजनिति र समाजसेवालाई सँगसँगै अगाडी बढाएको छ । हामीले खोजेको वडा अध्यक्ष यस्तै व्यक्ती हो’ घरदैलोका क्रममा डिसीसँग एक मतदाताले भने– ‘वडाको हरेक समस्या बुझेको व्यक्ती तपाई हो । तपाईबाट नै हाम्रा समस्या समाधान हुन सक्छन् ।’

T1

मतदाताहरुको र समग्र १६ नम्बर वडाको विकासकालागि आफूले काम गर्ने भन्दै उमेद्वार डिसीले आफूलाई मत दिएर जिताउन अनुरोध गरेका थिए ।

  ‘मतदाताहरुको साथ र हौसलाले म एकदमै उत्साहित भएको छुँ’ डिसीले भने–‘ वडाबासीहरको यति धेरै माया र साथ छ, निर्वाचित भईसकेपछि मतदाताहरुको सम्पूर्ण समस्या समाधानमा लाग्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*