Home / समाचार / नारायणपुरमा अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै

नारायणपुरमा अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै

दाङ,२ मंसिर । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । वडामा रहेका टोल बिकास सस्थाहरुको सहभागितामा दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०७६ हुन थालेको हो ।

घोराही उपमहानगरपालिका वडा नं. १० वडा कार्यालयको आर्थिक सहयोग र नारायणपुरमा रहेको न्यू स्टार फुटबल एकेडमीको व्यवस्थापनामा वडा नं. १० भित्र रहेका टोल विकास सस्थाहरुका विच फुटबल प्रतियोगिता हुन थालेको हो । प्रतियोगिता यहि मंसिर ३ गते मंगलबारदेखि हुने भएको छ ।

नारायणपुरको बिपी बाटिकामा दिउँसो २ बजेदेखि प्रतियोगिता सुरु हुने भएको छ । मेयर कप २०७६ का लागि वडामा स्तरिय फुटवल टिम निर्माणका लागि प्रतियोगिता सञ्चालन गर्न थालिएको हो ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने घोराही उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष चित्रबहादुर डाँगीले जानकारी दिएका छन । प्रतियोगितामा आठ टिमको सहभागिता रहने भएको छ । कार्यक्रममा उपस्थीतिका लागि न्यू स्टार फुटबल एकेडमीका अध्यक्ष खुमबहादुर वलीले सवैलाई अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*