Home / Feature Breaking news / घाेराही १६ मा जगलालले लिएनन् उमेद्वारी फिर्ता

घाेराही १६ मा जगलालले लिएनन् उमेद्वारी फिर्ता

दाङ, ३० कार्तिक
मंसीर १४ गते हुने उपनिर्वाचन घाेराही उपमहानगरपालिका १६ काे वडा अध्यक्षकालागी उमेद्वारी दिएका उमेद्वारहरूले मनानयन फिर्ता लिएका छैनन् ।

५ राजनितिक दलबाट र २ स्वतन्त्र गरि ७ जनाले उमेद्वारी दिएकाेमा सातै जनाले उमेद्वारी फिर्ता नलिएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ । मनाेनयन दर्ता फिर्ताकाेलागी शनिवार दिउसाे १ बजेसम्म अन्तिम समय ताेकिएकाे थियाे ।

घाेराही उपमशानगरपालिका वडा नम्बर १६ मा नेकपाबाट सुरेश बहादुर केसी, नेपाली कांग्रेसबाट ताराबहादुर डिसी, राप्रपाबाट प्रकाश केसी, समाजवमदी पार्टिबाट बिमला पुन, नेशनल मंगाेल अरेगनाईजेशनबाट पहलमान अाले मगरले उमेद्वारी दर्ता गरेका छन् भने स्वतन्त्रबाट जगलाल चाैधरी र समीर वलीले उमेद्वारी दर्ता गरेका थिए ।

नेकपाबाट टिकटमा विवाद भएपछि बागी उमेद्वारी दिएका जगलाल चाैधरीले मनाेनयन फिर्ता लिने चर्चा चलेकाे थियाे ।

तर उनले उमेद्वारी फिर्ता लिएनन् । उमेद्वारी फिर्ता लिनकालागी चाैधरीलाई नेकपाबाट ठुलै दबाब परेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*