Home / Feature Breaking news / घोराही–१६ मा नेपाली कांग्रेसबाट तारा डाँगीको उम्मेदवारी दर्ता

घोराही–१६ मा नेपाली कांग्रेसबाट तारा डाँगीको उम्मेदवारी दर्ता

दाङ,२७ कार्तिक । आगामी मंसिर १४ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि घोराही उपमहानगरपालिका वडा नं. १६ मा नेपाली कांगे्रसकातर्फबाट ताराबहादुर डाँगीले उम्मेदवारी दर्ता गराएका छन ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार डाँगीले बुधवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेवादारी दर्ता गराएका हुन । डाँगीको प्रस्तावकमा तुलसीराम राना र समर्थकमा सुरेश पछाई रहेका छन । घोराहीमा रहेको नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयबाट बाजागाजासहित निस्किएको ¥याली निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेको थियो ।

नेपाली कांग्रेसका जिल्ला सभापति किर्तिबहादुर खड्का, राष्ट्रियसभा सदस्य अनिता देवकोटा, पूर्व सांसद राजु खनाललगायतका नेताहरु उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । निकै उत्साहजनक सहभागिता रहेको ¥यालीका सहभागीहरुले काग्रेसका पक्षमा नारा लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*