Home / Feature Breaking news / निर्वाचनले तात्यो पश्चीम दाङ, गाउँ गाउमा मत माग्दै उम्मेदवार

निर्वाचनले तात्यो पश्चीम दाङ, गाउँ गाउमा मत माग्दै उम्मेदवार

शरद रेग्मी,
श्रीगाउ, २४ कार्तिक

मसिर १४ गते हुन लागेको उपनिर्वाचन नजिकिदै गर्दा गाउँ गाउमा चुनावी माहोल बढन थालेको छ ।

दाङ क्षेत्र न ३ ख मा हुन गइरहेको निर्बाचनमा आ आफ्नो पक्षमा मत माग्न उम्मेदवारहरुलाई भ्याई नभ्याई भएको छ ।

निकै चासोका साथ हेरिएको पश्चिम दाङको उप निर्वाचनमा नेपाली कांग्रेसले पुराना ,त्यागी र जनआन्दोलनमा महत्त्वपूर्ण भुमिका खेलेका नेता केशब आचार्यलाई उम्मेदवार बनाएपछि काङ्ग्रेसको पक्षमा सबै तहखखर तप्काका नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावी मैदानमा होमिएका छन । यस पटकको निर्बाचनमा काङ्ग्रेसको बिजय सुनिश्चित छ हामीले सबै तह र तप्काकालाई परिचालन गरेका छौ ।

काङ्ग्रेस दाङका सभापति किर्तिबहादुर खड्काले भने,– नेपाली काङ्ग्रेसले “पश्चिम दाङले यस पटक पाको, मेहनति र बिकासको भिजन सहित गाउँ गाउमा भिजेको नेतालाई उम्मेदवार बनाएको छ, यस पटक हाम्रो जित सुनिश्चित छ ।

यता आईतबार नेपाली काङ्ग्रेसले पश्चिम दाङको शान्ति नगर गाउपालिका स्थित जुम्लेकुला र एकलिमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सप्पन्न गरेको छ । सो अबसरमा बोल्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार केशब आचार्यले आफु लामो राजनीतिक यात्रापछि अब केही गर्न सक्ने स्थानमा पुग्न लागेको भन्दै सहयोग गर्न सबैमा आह्वान गरे ।

उनले भने,–म कुरा भन्दा काम गरेर देखाउन आतुर छु,मलाई नेपाली काङ्ग्रेस मात्रै हैन अन्य ठुला र साना पार्टीका मतदाताहरु पनि सहयोग गर्न र भोट दिन आतुर छन । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य एव पुर्ब मन्त्री दिपक गिरिले दुई तिहाईको सरकार अब केही समयमै छिन्न भिन्न हुन लागेको बताउनुभयो ।

नेता गिरिले भने,“जनतालाई ठुलो सपना देखाएर भोट माग्ने तर सरकारमा गैसकेपछि नातागोता र कार्यकर्ता लाई मात्रै भरण पोषण गर्ने नियत अब नेपाली जनताले राम्रोसँग बुझिसकेका छन ।

सो अबसरमा नेता गिरिले काङ्ग्रेसका पालामा पश्चिम दाङको सिचाइ ,बाटो,नहर ,पुल पुलेसा र समग्रमा बिकासको बहार ल्याएको दाबी गर्दै बिकास निर्माणका कार्य जनताको जीवन स्तरमा परिवर्तनको अनुभुति गराउन नेपाली काङ्ग्रेसले जित्नै पर्ने धारणा राखे । कार्यक्रममा काङ्ग्रेस दाङका पुर्व सभापति घनश्याम रेग्मी, क्षेत्रिय सभापति जगत बहादुर खड्का, महासमिती सदस्य खिम प्रसाद खराल लगायतले सम्बोधन गरेका थिए ।

सो अवसरमा दाङ काङ्ग्रेसका सबै  नेता, नेबिसङघ ,तरुणदल, प्रेस युनियन,लगायत दर्जनबढि भातृ सङगठनका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियोे  ।
सो अबसरमा विभिन्न पार्टी परित्याग गरि तीन दुर्जन युवा तथा स्थानीय किसानहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेका थिय उनिहरुलाई केन्द्रीय सदस्य गिरिले टीका अबिर लगायर स्वागत गरेका थिए ।
ईकाई सभापति चेतबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब चुडामणी ढकालले गरेका थिए ।

यता दाङको ३ ख मा हुने उपनिर्वाचनका लागि राजनीति अभियान राजनीतिकदलहरुले प्रचार अभियान शुरु गरेका छन् ।
यसैक्रममा नेकपाका उम्मेदवार विमला खत्री ओलीले पनि प्रचार शुरु गर्नुभएको छ । उहाँको चुनावी अभियानको नेतृत्व पार्टी प्रदेश सचिब जगप्रसाद शर्मा अपारले गरिरहनुभएको छ । शान्तिनगरबाट अभियान थालिएको सो पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*