Home / Feature Breaking news / देशको आर्थिक वृद्धिदर बढ्नुमा उर्जाको हात छः उर्जामन्त्री पुन

देशको आर्थिक वृद्धिदर बढ्नुमा उर्जाको हात छः उर्जामन्त्री पुन

दाङ,२२ कार्तिक । उर्जा तथा जलश्रोत वर्षमान पुनले अबको दुई वर्षमा नेपाल पूर्णरूपमा अन्धकार मुक्त हुने बताएका छन । त्यही अनुरुप सरकारले उर्जा उत्पादनमा ध्यान केन्द्रित गरेको बताएका थिए ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ झिङ्गनीमा रहेको लमही–घोराही १३२ केभी प्रशारण लाइन तथा घोराही १३२ केभी सवस्टेशनको शुक्रबार उद्घाट्न गर्दै उर्जामन्त्री पुनले अवको दुई बर्षभित्र नेपालमा अन्धकार मुक्त हुने बताएका हुन । त्यसका लागि सरकारले नेपालमा रहेको २३ हजार बढी नदीनालामध्य प्रयोगमा ल्याउन सकिने १२ हजार बढी नदीनालाको संरक्षणसँगै उपभोगमा सरकारको ध्यान केन्द्रीत गरेको बताएका थिए ।

त्यी नदीनालाहरूबाट विद्युत उत्पादनसँगै ¥याफ्टिङ,स्वीमिङलगायत मनोरञ्जनका माध्यमबाट आर्थिक आम्दानी बढाउन सकिने बताए । मन्त्री पुनले नेपालको आर्थिक विकासका उर्जा क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताएका थिए । अहिले नेपालमा भईरहेको औद्योगिकरण र शहरीकरणको तीव्र विकासमा सहज विद्युत आपूर्ति हुन नसक्दा उत्पन्न हुने समस्या समाधानमा सरकाक गम्भीर भएको समेत बताए ।

सवस्टेशन सञ्चालनसँगै यस क्षेत्रमा पर्ने विद्युत समस्याको समाधान हुने बताए । ‘दाङमा लो–भोल्टेज, पटक पटक विद्युत अवरुद्ध हुँदा उद्योगहरुसँगै सर्वसाधरणलाई समस्याहरु हुने गरेको थियो’,मन्त्री पुनले भने,‘सवस्टेशनको सञ्चालनसँगै अव यो समस्या हट्ने छ ।’ गतबर्ष पनि पश्चिम दाङको हापुरेमा १३२ केभीको विद्युत सवस्टेशन उद्घाटन गरिएको थियो ।

वि.सं. २०६८ माघ २६ गते थालनी गरिएको सो प्रशारण लाइनको काम गतबर्ष निर्माणको काम पुरा भएको थियो । ४२ करोड ३७ करोडको लागतमा निर्माण गरिएको सो प्रशारण लाइनले दाङका ग्रामीण क्षेत्र सैघा, स्यूजा, घोराहीका विभिन्न स्थानलगायत तुलसीपुर क्षेत्रमा सहज विद्युत आपूर्ति गर्दै आएको छ । यस अघि नियमित तथा कम विद्युत प्रशारण हुँदा उपभोक्ताले सास्ती भोग्न बाध्य हुने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*