Home / Feature Breaking news / नेकपा सचेतक चौधरीको गाडी दुर्घटना

नेकपा सचेतक चौधरीको गाडी दुर्घटना

दाङ,१९ कार्तिक । नेकपा पार्टीकी सचेतक तथा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी चढ्ने गरेको गाडी दुर्घटनामा परेको छ । घोराही–लमही सडक खण्ड अन्तर्गत लमही नगरपालिका–६ कुलमोडमा राती बा २ झ २८७१ नंम्वरको सरकारी स्कारपियो दुर्घटनामा परेको हो ।

सचेतक चौधरीलाई घोराही उपमहानगरपालिका–४ डाडाँगाउँ बसन्तापुर स्थित घरमा छोडेर देउखुरीतर्फ फर्किदै गर्दा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता बिनोदविक्रम शाहले जानकारी दिएका छन ।

गाडी सोमवार राती करिव एक सय ६ फिट तल अर्जुन खोलामा खसेको प्रहरीले जनाएको छ । गाडी लमहीतिर जादै गर्दा सडकमा एक्कासी दुई वटा जरायो आएको तिनलाई बचाउन खोज्दा गाडी दुर्घटनामा परेको चालकले प्रहरीलाई बताएका छन ।

दुर्घटनामा गाडी चालक रतनलाल चौधरी भने सामन्य रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*