Home / Feature Breaking news / प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिसः कुन प्रदेशमा को ?

प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिसः कुन प्रदेशमा को ?

काठमाडौँ, १८ कार्तिक । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो ।

बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, प्रदेश गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको छ ।

यसअघि नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखका लागि यी नाम सिफारिस गरे पनि प्रदेश तोकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*