Home / Feature Breaking news / घोराही–१६ मा कांग्रेसबाट डाँगी उम्मेद्वार

घोराही–१६ मा कांग्रेसबाट डाँगी उम्मेद्वार

दाङ,१७ कार्तिक । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका वडा नं. १६ मा ताराबहादुर डाँगीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ को पदाधिकारीको आज आइतवार घोराहीमा सम्पन्न बैठकले वडा नं. १६ को अध्यक्ष पदमा पार्टीका क्रियाशिल सदस्य तथा तरुण दलका अध्यक्ष समेत रहेका डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अध्यक्ष पदको निर्वाचनकालागि नेपाली कांग्रेसको संशोधित विधान २०१७ को परिच्छेद ८ को ३१ उल्लेख भए बमोजिम घोराही–१६ को अध्यक्ष पदमा तरुण दलका वडा अध्यक्ष समेत रहेका क्रियाशिल सदस्य डाँगीलाई उम्मेदवार चयन गरिएको बैठकपछि नेपाली काग्रेस क्षेत्र नं.२ का सभापति भुपबहादुर डाँगी र सचिव बद्रीकुमार खड्काद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*