Home / Feature Breaking news / मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ,१७ कार्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । दाङमा निर्वाचन क्षेत्र नं। ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नं.१६ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुन थालेको छ । निर्वाचनको तयारी अनुसार दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराएका थिए ।

नेपाल बार एशोसियसन दाङको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललगायतले एक कार्यक्रमका विच औपचारिक रुपमा उद्घाटन गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै दाङमा निर्वाचनका गतिविधिहरु औपचारिक रुपमा सुरु हुने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*