Home / Feature Breaking news / काम गरेको रकम माग्दा मजदुर कुटिए

काम गरेको रकम माग्दा मजदुर कुटिए

दाङ १६ कार्तिक । काम गरेको रकम माग्दा एक जना मजदुर कुटिएका छन । गढवा गाउँपालिका वडा नं ४ निवासी ५२ वर्षीय जगत रावत क्षेत्री काम गरेको रकम माग गर्दा ठेकेदार बिरेन्द्र चौधरीबाट कुटिएका हुन । कार्तिक ११ गते चौधरीले काम गरेबापतको रकम माग्दा रावतलाई कुटेका हुन ।

करिव ढाई वर्ष अघि काम गरेको रकम नपाएको मजदुर रावतको भनाई छ । चौधरीले ठेक्का लिएको पर्खाल तथा अन्य काममा रावतलाई लगाएका थिए । सोही बाफतको रकम माग्दा आफु कुटिएको रावतले बताए । मजदुर रावतले काम गरेबाफत २० हजार रकम लिन बाँकी रहेको गोरक्षलाई बताए । ‘काम गरेको बाफतको रकम पटक पटक रकम माग गरेपनि दिदैन’,उनले भने,‘अहिले तँ पैसा माग्दा पिटाई खानुप¥यो ।’ पहिले काम गरेको रकम माग गरे पनि पछिल्लो चरणमा रकम माग गर्न छाडेको उनले बताए ।

तर आफुलाइकार्तिक ११ गते एक्कासी बाटोमा हिड्दा हिडदै कुटपिट गरेको बताए । घाइते रावतले अहिले उपचारमा समेत समस्या परेको बताए । ‘परिवारको आम्दानीको अन्य स्रोत छैन’,उनले भने,‘त्यसैले उपचारमा समेत समस्या भएको छ’ उनी केही दिन अस्पतालमा भर्ना भएपनि अहिले घरमा छन ।’ उपचारका लागि अस्पताल मै बस्न रकम नभएको उनको वताए । आफुलाई कुटपित गर्नेलाइ कारवाहीको लागि प्रहरीमा उजुरी दिएको समेत बताए । ‘परिवारले कारवाहीका लागि प्रहरीमा उजुरी दिएका छन््’, रावतले भने,‘तर अहिलेसम्म पनि प्रहरीले पक्राउ गरेको छैन ।’ उनले कुटपित गर्नेलाइ पक्राउ गरि कानुनी कारवाही र आफनो उपचारको व्यवस्था मिलाइदिन समेत आग्रह गरेका छन् ।कुटपिट गर्ने ठेक्दार नेकपामा स्थानीय नेता हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*