Home / Feature Breaking news / बंगलाचुलीमा १५ शैयाको अस्पताल सञ्चालन

बंगलाचुलीमा १५ शैयाको अस्पताल सञ्चालन

दाङ,१५ कार्तिक । । दाङको बंगलाचुली गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनमा आएको छ । जिल्लाको विकट क्षेत्रमा रहेको गाउँमा पहिलो पटक १५ शैयाको अस्पताल सञ्चालनमा आएको हो ।
गाउँपालिकाले आफ्नै पहलमा प्रदेशमै पहिलो पटक अस्पताल संचालनमा ल्याएको हो । सो अस्पतालको शुुक्रबार आजदेखि सेवा सुरुवात गरेको हो । अस्पतास संचालनका लागि अहिले सुविधा सम्पन्न भवन निर्माणको काम भईरहेको छ ।

२४ महिना भित्र भवन निर्माण गरिसक्ने गरि गत जेठ महिनामा २५ शैया क्षमताको भवन निर्माण सम्झौता भएको थियो । सोही अनुसार भवन निर्माण भैरहेको छ ।

१५ शैयाको अस्पतालमा एक जना मेडीकल अधिकृत, एक जना ल्याप टेक्नीसिएन र एकजना रेडियोग्राफर बंगलाचुली गाउँपालिकाको आफ्नै श्रोतमा राखेर सेवा प्रवाह गरिएको बंगलाचुली गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले जानकारी दिएका छन । जनतलाई गाउँमै स्वाथ्य सेवा दिने उद्देश्यले गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएको ओलीले बताए ।

गाउँपालिकामा अस्पताल नहुदा सामन्य विरामी हुदाँ समेत जनतालाई करिव चार पाँच सय भाडा खर्च गरेर सदरमुुकाम घोराहीसम्म जानुपर्ने बाध्यता रहेको थियो । अस्पताल सञ्चालनमा आएपछि त्यो समस्या हटेको छ ।

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं.५ का सांसद अमर बहादुर डाँगीले अस्पतालको उद्घाटन गरेका थिए । अस्पतालको उद्घाटन गर्दै सांसद डाँगीले जनातालाई सहज रुपमा स्वाथ्य सेवा पुराउनका लागि यस अस्पतालले ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले बर्तमान सरकारले जनताको हरेक पक्षमा काम गर्दै अघि बढेको समेत बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*