Home / समाचार / अवैध घरेलु मदिरा नष्ट

अवैध घरेलु मदिरा नष्ट

दाङ, ८ कार्तिक । प्रहरीले १२ सय लियटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । वडा प्रहरी कार्यालय घोराहीले घोराही उपमहानगरपालिका विभिन्न स्थानबाट संकलन गरेको एक हजार दुई सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

प्रहरीले अवैध घरेलु महिरा घोराही उपमहानगरपालिका–१७ को पनौरा स्थीति कटुवा खोलामा नष्ट गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराई, घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डेलगायतले अवैध घरेलु मदिरा नष्ट गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक शशी शर्माले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*