Home / Uncategorized / आधुनिक गीति संग्रह गुनासो र गोधुली विमोचन

आधुनिक गीति संग्रह गुनासो र गोधुली विमोचन

दाङ, ८ कार्तिक । आधुनिक गीतको गीति संग्रह ‘गुनासो’ र ‘गोधुली’को एकै पटक बिमोचन गरिएको छ । दंगाली गायक, संगीतकार र रचनाकार रहेको आधुनिक गीतको संग्रह गुनासो र गोधुली गीति संग्रहको बिमोचन गरिएको हो ।

उदाहरण समूह दाङको आयोजनामा भएको कार्यक्रममा गीति संग्रहको बिमोचन गायक, संगीतकार र रचनाकारका तीन छोरीहरुले सयुक्त रुपमा बिमोचन गरेका थिए ।

गुनासो र गोधुली आधुनिक गीति संग्रहमा गीतकारका रुपमा प्रकाश केसी रहेका छन । गुनासो गीति संग्रहमा संगीतकार सन्तोष श्रेष्ठ र गोधुलीमा गोविन्द मधुर आचार्य, पोषण श्रेष्ठ, हेमन्त शिशिरलगायतका संगीतकारहरु रहेका छन । गीति संग्रह गुनासो र गोधुलीमा गायक शरद समिपको एकल स्वर रहेको छ । दुई गीति संग्रहमा ५÷५ वटा गीतहरु समावेश गरिएको गायक शरद समिपले जानकारी दिएका छन् । गायकका अनुसार गीति संग्रहमा मायाप्रेम, राष्ट्रभाव र समाजको चित्रणका माध्यमबाट सकारात्मक परिवर्तनको सन्देश दिन खोजेको बताएका थिए ।

कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठले गीतले समाजको चित्र, प्रेम र सामाजिक विषयलाई समेटेकाले सन्देश मुलक रहेको बताएका थिए । त्यस्तै गीतकार प्रकाश केसीले दुई एल्वममा समेटिएका गीतहरुले समाजका सकारात्मक सन्देश दिने बताए । नयाँ पुस्तालाई ध्यानमा राखेर सिर्जना गरिएको गीतहरु सन्देश मुलक समेत रहेको बताए । साहित्यकार आदिम केसीले सञ्चालन गरेको कार्यक्रमको समापन उदाहरण समूहका अभियान्ता नवीन अभिलासीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*