Home / समाचार / अज्ञात रोगका कारण ३० बाख्रा मरे

अज्ञात रोगका कारण ३० बाख्रा मरे

दाङ,८ कार्तिक । पश्चिम दाङको बबई गाउँपालिकामा अज्ञात रोगका कारण करिव दुई दर्जन बढि बाख्राहरु मरेका छन । एक हप्तको विचमा ३० भन्दा बढि बाख्राहरु अज्ञात रोगका कारण मरेका हुन ।
बबई गाउँपालिका वडा नं.७ को सिमलकुना र ढोलपुरमा अज्ञात रोगका कारण ३० भन्दा बढि बाख्राहरु मरेको खबर आफुले प्राप्त गरेको वडाध्यक्ष महादेव चौधरीले बताए ।

वडाध्यक्ष चौधरीका अनुसार ढोलकपुरमा करिव ३० र सिमलकुनामा ७ वटा खसी तथा बाख्राहरु मरेका छन । ‘गाउँमा अज्ञात रोगका कारण धेरै बाख्राहरु मर्न थालेका खवर प्राप्त भएपछि गाउँपालिकाको स्वास्थ्य शाखा र जिल्ला भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रबाट प्राविधिक बोलाएर औषधि उपचारको काम भैरहेको छ’,गाउँपालिका अध्यक्ष चौधरीले भने,‘स्थानीयले समयमै खबर नगर्दा धेरै बाख्राहरु मर्न गएका हुन ।’ तर बबई गाउँपालिकाको स्वास्थ्य शाखाले अहिलेसम्म अज्ञात रोगका कारण २५ वटासम्म बाख्राहरु मरेको बताएको छ ।

वडा नं. ७ का दुई गाउँमा एक हप्ताको विचमा १५ देखि २५ सम्म खसी र बाख्राहरु मरेका बबई गाउँपालिका स्वास्थ्य शाखाका प्राविधिक कमान सिंङ नेपालीले जानकारी दिए । गाउँमा कम बाख्रा मरेपनि क्षेतीपुर्तिको आशमा स्थानीयले धेरै बाख्रा मरेको भन्ने गरेको नेपालीले बताए । ‘दुई गाउँमा पुगेर बास्तविकता बुझ्दा १५ देखि २५ वटासम्म बाख्राहरु मरेका देखिन्छन’,पशु प्राविधिक नेपालीले भने,‘तर बाहिर हल्लामा ५० देखि ६० वटासम्म बाख्रा÷खसीहरु मरेका भन्ने छ ।’ करिव दुई दर्जन बाख्राहरु मरेपनि बिरामी भने करिव तीन हजार बढि बाख्राहरु रहेको बताए । वडा नं. ७ का सिमलकुना र ढोलकपुरमा किसानले पालेका सम्पुर्ण बाख्राहरुमा रोग फैलिएकाले बिरामीको संख्या धेरै रहेको उनले बताए । तर रोगको भने अझै पहिचान हुन नसकेको छैन ।

दाङमा रोग पत्ता नलागेपछि रोग पहिचानका लागि ल्यावटेष्ट गर्न पशु क्षेत्रीय कार्यालय सुर्खेत जानका लागि आफु हिडेको प्राविधिक नेपालीले बताए । ‘कुन रोगका कारण कसरी बाख्राहरु मरे अहिले भन्न सकिने अवस्था छैन’,प्राविधिक नेपालीले भने,‘म ल्याव टेष्टका लागि सुर्खेत जादैछु,टेष्ट गरेपछि मात्र थाहा हुन्छ ।’ गाउँपालिकामा रहेको पशु शाखा र जिल्ला भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोगमा बिरामी बाख्राहरुको उपचार गरेपछि बाख्रा मर्न छोडेको समेत बताए । बाख्रामा टाउको सुनिने,¥याल छोड्ने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*