Home / समाचार / सरद समीपकाे आधुनिक गीति संग्रह ‘गुनासो’ र ‘गोधुली’को शुक्रवार विमोचन हुने

सरद समीपकाे आधुनिक गीति संग्रह ‘गुनासो’ र ‘गोधुली’को शुक्रवार विमोचन हुने

दाङ, ७ कार्तिक
कला, साहित्य र संगीतको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको उदाहरण समूह, नेपालको आयोजनामा दुई वटा आधुनिक गीति संग्रह विमोचन हुने भएको छ । शुक्रबार घोराहीको माला ईन होटलमा विहान ११ बजे विमोचन कार्यक्रम हुने उदाहरण समूह, नेपालले बताएको छ ।

गीतकार प्रकाश केसी, संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा मोडेल शरद समिपको स्वरमा रहेका दुई वटा गीति संग्रह गुनासो र गोधुलीको विमोचन कार्यक्रम रहेको छ । नेपाली आधुनिक संगीतको क्षेत्रमा चर्चित गीतकार प्रकाश केसीको एकल शब्द, गायक शरद समिपको एकल गायन र संगीतकार सन्तोष श्रेष्ठको संगीतमा दुई वटा गीति संग्रह गुनासो र गोधुलीमा नेपाली समाजको चित्र, प्रेम र सामाजिक विषय बस्तुको कथाहरु समेटिएको गायक समिपले बताउनुभयो ।

कार्यक्रममा जिल्लाका साहित्यकार, कलाकार, पत्रकार सबैलाई आमन्त्रण गरिएको र कार्यक्रमका लागि सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक नवीन अभिलाषीले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*