Home / Uncategorized / टरिगाउ र नवलपुर फाईनलमा भिड्ने

टरिगाउ र नवलपुर फाईनलमा भिड्ने

लक्ष्मण बस्नेत
दाङ,७ कार्तिक । टरिगाउ फुटबल क्लब र नवलपुर फुटबल क्लब दाङको गौरीगाउँमा जारी खुला खसीकप फुटबल प्रतियोगिता २०७६ को फाईनलमा भिड्ने भएका छन् ।

गौरी युवा क्लब गौरिगाउँको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा न १० को आर्थिक सहयोगमा शुभ दिपावलीको अबसरमा संचालित प्रतियोगिता अन्तरगत बिहिवार सम्पन्न सेमिफाइनल खेलमा संग्राम युथ क्लब लाई शून्य का विरुद्ध ४ गोल अन्तरले पाखा लगाउदै टरिगाउ फुटबल क्लबले फाईनल यात्रा तय गरेको हो ।

खेलमा टरिगाउकातर्फबाट हर्क आलेमगरले २ गोल गरे भने अर्जुन नेपाली र रमेश तामाङले समान १ र १ गोल गरे । त्यस्तै बेलुका भएको दोस्रो सेमिफाइनलमा खेलमा एस.एफ. एस .ए. लाई सुन्यका विरुद्ध ४ गोल अन्तरले पाखा लगाउदै नवलपुरले टरिगाउसंगको फाईनल भिड्न्त पक्का गरेको हो ।

गौरी खेलमैदानमा भएको शसक्त र शानदार खेलमा नवलपुरका रोहित खड्काले सर्वाधिक ३ गोल गर्दै ह्याट्रिक गरे भने देवराज बस्नेतले १ गोल गरे । फाईनल भिड्न्त शुक्रबार दिउसो १ बजे पछि हुनेछ । प्रतियोगिताको बिजेताले खसी तथा कप मेडल,प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेताले कप मेडल,प्रमाणपत्र हात पार्नेछ १ कार्तिक ५ गतेदेखि संचालित प्रतियोगितामा जिल्लाका ११ टिमको सहभागिता रहेको आयोजक क्लबका हरि खड्काले जानकारी दिएका छ्न् ।

यसैबिच आयोजकले दिउँसो हुने फाईनल खेल तथा समापन समारोहमा उपस्तिथिका खेलाडी, खेलप्रेमी,पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*