Home / समाचार / एन प्याव्सन तुलसीपुरको अध्यक्षमा न्यौपाने

एन प्याव्सन तुलसीपुरको अध्यक्षमा न्यौपाने

विमल गौतम
तुलसीपुर, ७ कार्तिक । एन प्याव्सन दाङको उपमहानगरपालिका स्तरिय समिति गठन गरिएको छ । उपमहानगरपालिका स्तरिय भेलाले तुलसीपुर उपमहानगरपालिकाको अध्यक्षमा भोजराज न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ ।

यस अघि जिल्ला उपाध्यक्ष रहेका न्यौपानेलाई भेलाले नगर समितिलाई अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा लोकेन्द्र बहादुर खडका, सचिवमा मेघराज पोख्रेल र कोषाध्यक्षमा भुवन वलीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । त्यसैगरि सदस्यहरुमा भागवत भट्टराई , मीन कुमार आचार्य र रोमहर्ष शर्मालाई चयन गरेको छ । २ सदस्य पछि थप गर्ने छ ।

त्यस्तै घोराहि उपमहानगरपालिकाको संयोजकमा नरेश कुमार आचार्य र उपसंयोजकमा कुमार नेपालीलाई चयन गरेको छ । प्याव्सन दाङका अध्यक्ष भिम बहादुर वुढाथोकीको अध्यक्षता प्रदेश नम्वर ५ का संयोजक सुवोध कुमार डागीको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य प्रकाश कुमार शर्माको विशिष्ट आतिथ्यतामा भएको भेलामा वोल्ने बक्ताहरुले सरकारले पर्याप्त तयारी विना नै निजी विद्यालयहरुलाई सामाजिक सुरक्षाकोषमा जान निर्देशन दिएको भन्दै त्यसलाई एन एन प्याव्सनले नमान्ने वताएका थिए ।

त्यस अवसरमा बोल्दै प्रदेश नं. ५ का संयोजक डागीले सरकारले सरोकारवाला निकायसंग छलफल र सहमति नगरि एक्लौटी ढंगले सामाजिक सुरक्षा कोषमा निजी विद्यालयलाई जान वाध्य पारिरहेको भन्दै त्यसलाई एन प्याव्सनले नमान्ने बताएका थिए । साथै उनले राज्यले निजि विद्यालयहरुलाई निस्तेज पार्न खोजिरहेको भन्दै त्यसका विरुद्दमा सवै लाग्नु पर्नेमा जोड दिएका थिए ।

त्यस अवसरमा एन प्याव्सन दाङका वरिष्ठ उपाध्यक्ष विमल गौतम, उपाध्यक्ष भोजराज न्यौपाने , घोराही संयोजक नरेश कुमार आचार्यलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण सचिव ठाकुरप्रसाद डागीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*