Home / समाचार / कार्तिक १३ गते तिहारको सार्वजनिक विदा

कार्तिक १३ गते तिहारको सार्वजनिक विदा

दाङ,१३ कार्तिक । सरकारले कात्तिक १३ गते पनि सार्वजनिक विदा दिएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*