Home / Feature Breaking news / देवः विकास बैंकको रकम हिनामिनाको आरोपमा पाँच जना कारागार चलान

देवः विकास बैंकको रकम हिनामिनाको आरोपमा पाँच जना कारागार चलान

कार्तिक, ६ दाङ । देव: विकास बैठक (साविक वेष्टर्न डेभलभमेन्ट बैंक)को रकम हिनामिना आरोपमा बैंकका नारायणपुर शाखा प्रमुख समिर बुढाथोकीसहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पक्राउ परेका अन्य आठ जनालाई उच्च अदालत तुलसीपुरले धरौटीमा छोडिएको छ । उच्च अदालत तुलसीपुरको बाणिज्य इजलाशले बुधबार यस्तो फैसला गरेको हो ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायधीश रमेश पोखरेल र न्यायधीश ऋषिराज दवाडीको सयुक्त इजलाशले शाखा प्रमुखसहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने फैसला गरेको हो । अदालतले तत्कालीन वेष्टर्न बैंक नारायणपुर शाखा प्रमुख बुढाथोकी, बैंकका कर्मचारी अनिल न्यौपाने र खातावाल बसन्तबहादुर बस्नेत, झगबहादुर डाँगी र बिजय गुप्तालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

यस्तै बैंकका कर्मचारी पोषण जैशी, अर्चना थापा खत्री, त्यस्तै खातावाल मतकुमार पौडेल, शक्तिराम गुप्ता, बिरेन्द्रकुमार गुप्ता, बिरेन्द्रकुमार गुप्ता र बन्दना गुप्तालाई छोडिएको हो । जिल्ला प्रहरी कार्यालय दाङले ५६ जना बिरुद्ध अदालतमा मुद्धा दर्ता गरेको छ । प्रहरीले पक्राउ परेका १३ जनासहित बैंकका सञ्चालकहरुलाई समेत मुद्धा दर्ता गरेको छ । उनीहरुलाई बैंकको करिव १८ करोड रुपैया हिनामिना गरेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*