Home / समाचार / राप्ती गाउँपालिकाको फोहोर व्यवस्थापनमा सरोकारवालाको चासो

राप्ती गाउँपालिकाको फोहोर व्यवस्थापनमा सरोकारवालाको चासो

ओमप्रकाश गुप्ता
भालुवाङ ६ कार्तिक । राप्ती गाउँपालिका क्षेत्रको फोहर ब्यवस्थापन गर्न सरोकारवालाहरूले चासो देखाएका छन् । जसका लागि उनीहरूले एक कार्यदल पनि गठन गरेका छन् । बजार तथा गाउँघर जथाभावी फालिने फोहोरले वातावरण दुर्घन्धित हुनुका साथै विभिन्न रोगहरू फैलिने हुँदा बुधबार राप्ती गाउँपालिकाले आफ्नै कार्यालय परिसर मसुरीयामा भेलाको आयोजना गरी किरण भण्डारीको संयोजकत्वमा ५९ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलका सदस्यहरुमा राप्ती गाउँपालिका क्षेत्रका सामुदायीक वन, क्रियाशिल राजनितिक पार्टी, वडा अध्यक्षहरु, उद्योग बाणिज्य संघ, खानेपानी समितिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, बुद्धिजीवी प्रतिनिधिलाई समेटेको छ ।

बढ्दो जनघनत्व, बसाईसराई, आधुनिकताका कारण अत्यधिक फोहरजन्य पदार्थ बढ्दै गएको कारण टोल, बस्ती, गाउँ, बजार प्रदुषीत हुदै गएकाले फोहर ब्यवस्थापन क्षेत्रको खोजी गर्नका लागि राप्ती गाउँपालिकाले सरोकारवाला सहितको कार्यदल निर्माण गरिएको हो ।

गाउँपालिकाले फोहर ब्यवस्थापन क्षेत्र उपलब्ध गराउने वडालाई सो क्षेत्रको थप विकासका लागि प्रोत्साहन स्वरुप वार्षिक २५ लाख, फोहर ब्यवस्थापन क्षेत्र रहेको सामुदायिक वनलाई नियमित सहयोग, आम्दानीको पुरै रकम तथा कर्मचारीको ब्यवस्था खर्च उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको भेलामा नेकपाका राप्ती गाउँपालिका इन्चार्ज किरण भण्डारी , राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, नेपाली कांग्रेस दुर्योधन पाण्डे, सामाजवादी पार्टीका होमप्रसाद शर्मा , राजमोका केशवराज खनाल, राप्रपाका टेकबहादुर गिरी, साना शहरी खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष शान्तराज शर्मा, रामजहदी सामुदायिक वनका अध्यक्ष हरिप्रसाद श्रेष्ठ,राप्ती सामुदायिक वनका प्रतिनिधि पदमबहादुर पुन,करम्दी सामुदायिक वनका अध्यक्ष सरस्वती पोख्रेल,घण्टदेव सामुदायिक वनका अध्यक्ष दलबहादुर घर्तीले बोलेका थिए ।

त्यस्तै कार्यक्रममा भालुवाङ खानेपानीका अध्यक्ष हस्तबहादुर गुरूङ, शान्ति सामुदायिक वनका बाबुराम मल्ल,समाजसेवी हुकुमबहादुर बस्नेत,लालमोहम्मद मियाँ, पुर्व जनप्रतिनिधि दोर्ण भुसाल,सामुदायिक वन महासंघ राप्तीका अध्यक्ष हरि भुसालले बोलेका थिए । कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*