Home / Feature Breaking news / कर्तव्य ज्यान मुद्धामा फरार अपराधि ६ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्धामा फरार अपराधि ६ वर्षपछि पक्राउ

कार्तिक,६ दाङ। प्रहरीले श्रीमती हत्या गरि फरार रहेका एक जना अपराधिलाई ६ बर्षपछि प्रकाउ गरेको छ । २०७० साल असार २५ गते श्रीमती प्रितिकुमारी जयसवाललाई घाँटी च्यापेर हत्या गरि फरार रहेका लमही नगरपालिका(५ निबासी ३२ वर्षिय प्रदिपकुमार जयसवाललाई गए राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङ्का प्रहरी नायव उपरिक्षक बिनोदबिक्रम शाहले जानकारी दिएका छन।

उनका अनुसार लमही बजार क्षेत्रबाट बेलुका ६ बजे पक्राउ गरिएको थियो ।
प्रकाउ परेका जयसवाललाई जिल्ला अदालत दाङले १८ वर्ष ८ महिना १९ दिनको सजाय तोकेको थियो । अदालतले फैसला गरेपछि उनी फरार रहदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*