Home / समाचार / राप्तीमा थारु सास्कृतिक कार्यक्रम हुने

राप्तीमा थारु सास्कृतिक कार्यक्रम हुने

तिर्थराज ज्ञवाली
देउखुरी, ५ कार्तिक । राप्ती गाउँपालिकाको वडा नं ६ अन्तरगत पत्थरगढवामा कार्तिक ९ गते थारु सास्कृतिक कार्यक्रम हुने भएको छ ।

नेपालीहरुको महान पर्ब शुभ दिपावलीको पावन अवसर पारेर दाङ जिल्ला देउखुरी उपत्यका अन्तरगत राप्ती गाउँपालिका वडा नं ६ मा स्थानीय थारु संस्कृतिको संरक्षणका लागि बगरापुर, सगरापुर, पत्थरगढवा, मझेरीया, भगवानपुर गाउँ स्तरिय सास्कृतिक कार्यक्रम हुने भएको वडा अध्यक्ष बेदप्रसाद चौधरीले जानकारी दिएका छन ।

राप्ती गाउँपालिका वडा नं ६ को कार्यालयको यस आर्थिक वर्षको कार्यक्रम अनुसार बगरापुर, सगरापुर, पत्थरगढवा, मझेरीया, भगवानपुर गाउँ स्तरिय सास्कृतिक कार्यक्रमहुने वडा सचिव मंगलप्रसाद चौधरीले बताएका छन । संस्कृति झल्कने भेषभुष, गीत संगीत ,नाच, खानपान तथा कला संस्कृति सम्वन्धि थारु सास्कृतिक कार्यक्रम यहि कार्तिक ९ गते शनिवारका दिन विहान ११ बजेदेखि पत्थरगढवा शिव मन्दिर परिसरमा हुने भएकोले थारु सास्कृतिक कार्यक्रम अवलोकनका लागि उपस्थित भैदिन सम्पुर्णमा वडा समितिले अनुरोध गरेको छ ।

वडा अध्यक्ष बेदप्रसाद चौधरीले राप्ती नदि र सानो नदिकोे मनोरम दृष्य, सामुदायिक होमस्टे, थारु समुदायको मात्र बस्ती, कला संस्कृति परम्परा, आत्मीयता र आथित्यता, थारु संघ्रालय र परम्परागत भेषभुसाको समेत दृष्यावलोकनका लागि वडा नं ६ मा आउन सबैमा अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*