Home / Feature Breaking news / दाङमा पाँच जुवाडे पक्राउ

दाङमा पाँच जुवाडे पक्राउ

घाेराही, ५ असाेज
प्रहरीले दाङमा पाँच जना जुवाडेहरूलाई पक्राउ गरेकाे छ । साेमवार राति घोराही उप-महानगरपालिका-१३ डुमरगाउमा जुवा खेलिरहेकाे अवश्थामा उनीहरूलाई पक्राउ गरेकाे हाे । डुम्मरगाँउमा डेरा गरी बस्ने कमल बि.क.को कोठामा तास खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिगएको प्रहरी टोलीले ४ गड्डी तास र नगद रु ५२,८२५।- (बाउन्न हजार आठ सय पच्चिस रूपैया) सहित पाँच जनालाई पक्राउ गरेहाे हाे ।

पक्राउ पर्नेमा घोराही उप-महानगर पालिका-१३ बस्ने बर्ष ४१ का ईश्वर बहादुर महरा, साेही ठाँउका बर्ष ३६ को कमल बि.क, बर्ष २९ को नबिन जि.एम, रोल्पा त्रिवेणी गाउँ पालिका-१ बस्ने बर्ष ३१ को परभान पुन र साेही ठाउँ निवासी बर्ष ३८ को भिम बहादुर बुढा रहेकाे जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक विनाेदविक्रम शाहले जानकारी दिनुभयाे ।

पक्राऊ परेकाहरूलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ को (जुवा सम्वन्धि) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने प्रहरीले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*