Home / Feature Breaking news / दाङमा ८१ सडक र तीन पुलका लागि ९२ करोड

दाङमा ८१ सडक र तीन पुलका लागि ९२ करोड

दाङ,४ कात्तिक । प्रदेश सरकारले दाङमा सडक र पुल निर्माणका लागि ९२ करोड बढि रकम छुट्याएको छ । जिल्लाका ८१ सडक र ३ तीन पुल निर्माणका यसबर्ष प्रदेश सरकारले ९२ करोड ८६ लाख बढि रकम छट्याएको पूर्वाधार कार्यालय दाङले जानकारी दिएको छ ।

प्रदेश सरकारले यो बर्ष जिल्लामा सडक तथा पुल निर्माण कार्यक्रम अन्तर्गत ८६ करोड ६६ लाख रुपैयाँ र सर्शत अनुदानतर्फ जिल्लाका १२ सडक निर्माणका लागि ६ करोड २० लाख रुपैयाँ आएको पूर्वाधार कार्यालय दाङका प्रमुख बाशुदेव भण्डारीले जानकारी दिएका छन ।

यो बजेटबाट जिल्लाका विभिन्न स्थानमा ८१ सडकहरु मर्मत सुधारसँगै पिच गर्नेसम्मका काम भएको भण्डारीले बताए । ‘विगतको बर्ष जस्तै यो पनि सडक विस्तार, ग्राभेलसँगै सडक कालोपत्रे गरिनेछ’,उनले भने,‘त्यसका लागि अहिले प्रक्रिया पु¥याएर टेण्डर आव्हान गर्ने काम भईरहेको छ ।’ सडक,पुल मर्मत तथा सडक सुरक्षा कार्यक्रम अन्तर्गत यसबर्ष पवनगर–पुरनधारा सडक,उरहरी–बेलासपुर सडक, टरिगाउँ–भोजपुर हुदै खौसापुर जोड्ने सडक, सिम्ठाना–खैरेनी–जुम्लेकुला सडक, नारायणपुर–नारेवाङ सडक, घोराही–हापुर हुदै तुलसीपुर आखाँ अस्पताल, भैसाही–सिमलतारा हुदै हासीपुर जोड्ने सडकको मर्मत सुधार गरिने भएको पूर्वाधार कार्यालय दाङका प्रमुख भण्डारीले जानकारी छन । यी सडकहरुमा विगत बर्षदेखि नै काम भैरहेको समेत उनले जानकारी दिए ।

त्यस्तै यो बर्ष घोराही–दुई्खोली–पेदी–राम्चे,पाँच पोखरी पुग्ने सडक, बंगलाचुली गाउँपालिकाको बुटनेटा–सिउने–अमारे–बाचगाउँ हुदै स्वर्गद्धारी जोड्ने सडक, घोराहीमा बाहुनडाडाँ–वनगाउँ–बाह्रकुने सडक , चौघेरा मन्दिरदेखि धोबे–भालुुमारा हुदै घनिबगीया–ढिकपुर जोड्ने सडक, डवरी–चौघेरा सडक, धारापानी पहुजमार्गलगायतका नयाँ सडकहरुको मर्मत सुधार गरिने भएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिएका छन । ८१ वटा सडक योजनाहरु मध्य २६ योजनाहरु टेन्डरका माध्यमवाट निर्माणको प्रक्रियायमा गैसकेको कार्यालयले जनाएको छ ।

बाँकी योजनाहरुलाई कार्तिक महिनाभित्र टेण्डर गरिसक्ने गरि काम गरिरहेको समेत प्रमुख भण्डारीलले बताए । ‘ढिलो टेण्डर गर्दा काममा ढिलाई हुने र काम समेत गुणस्तरहीन हुन सक्छ’,उनले भने,‘त्यसैले यो बर्ष कार्तिक महिनाभित्रै टेण्डर गरि सक्ने योजनामा छौो ।’ गतबर्ष ढिला योजनाहरु आउँदा काम गर्न समेत समस्या परेको समेत बताए । गतबर्षको अधुरा कामहरुलाई समेत सक्ने गरि यो बर्ष काम भईरहेको कार्यालय प्रमुख भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*